काठमाडौं । सरकारले जेन–जी शहीद परिवार कल्याणकारी समाजलाई कल्याणकारी कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।
त्यसैगरी बैठकले निम्न निर्णयहरू पनि गरेको छ:
घनश्याम पराजुलीलाई नेपाल लेखा परीक्षण सेवा समुहीकरणतर्फको उपमहालेखापरीक्षक पदमा बढुवा।
राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा ओमबहादुर खड्कालाई बढुवा।
समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन।
नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत।
नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत।
पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोग सम्बन्धी आदेश स्वीकृत।
वन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत।
मन्त्री खरेलका अनुसार यी निर्णयले जेन–जी शहीद परिवारको कल्याण, सरकारी संरचना सुदृढीकरण र अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया