मध्यपुर थिमीमा घरभित्र एक पुरुष मृत फेला

143 Shares

काठमाडाैं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ राईटोलस्थित एक घरभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार आज दिउँसो करिब ४ बजेर १३ मिनेटमा घटनाबारे जानकारी प्राप्त भएको हो। प्रारम्भिक अनुसन्धानबाट मृतक घरभित्रै मृत्यु भएको देखिएको छ। घटनाको प्रकृतिबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको र आत्महत्याको आशंकासमेत गरिएको प्रहरीले जनाएको छ।

सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। हाल मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

प्रहरीले घटनाको कारण तथा अन्य सम्बन्धित पक्षबारे थप विवरण संकलन भइरहेको बताउँदै अनुसन्धानपछि विस्तृत जानकारी सार्वजनिक गरिने जनाएको छ।