काठमाडौं । अफ्रिकी देश नाइजेरियामा बन्दुकधारी समूहको आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरी नाइजेरियाको एक गाउँमा भएको आक्रमणमा थुप्रै मानिस घाइते भएका छन् भने कैयौंलाई बन्दुकधारीहरूले अपहरण गरेर लगेका छन्।
स्थानीय प्रहरीका अनुसार नाइजर राज्यको कसुअवान–दाजी गाउँमा बन्दुकधारीहरूको समूहले अन्धाधुन्ध गोली चलाउँदा ठूलो मानवीय क्षति भएको हो। आक्रमणकारीहरूले गाउँका धेरै घरहरूमा आगजनीसमेत गरेको बताइएको छ।
स्थानीय अधिकारीहरूका अनुसार हालसम्म ३७ जनाको शव फेला परेको छ। अपहरणमा परेका व्यक्तिहरूको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
प्रहरीले हराएकाहरूको खोजतलास तीव्र पारेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया