225
Shares
काठमाडौं। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई रिहा गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज काठमाडौंस्थित अमेरिकन एम्बेसी बाहिर प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले अमेरिकाले भेनेजुएलामाथि लगाउँदै आएको दबाब र प्रतिबन्धको विरोध जनाउँदै नाराबाजी गरेका थिए। उनीहरूले भेनेजुएलाको सार्वभौमिकता सम्मान गर्न र त्यस देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया