काठमाडौँ। इन्दिरा आइभीएफ नेपालले आफ्नो फर्टिलिटी तथा आईभीएफ सेन्टरको दोस्रो स्थापना दिवस मनाएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तित्व, चिकित्सक, साझेदार तथा केन्द्रसँग सम्बन्धित परिवारहरूको सहभागितामा स्थापना दिवस मनाइएको हो। कार्यक्रममा केन्द्रले नेपालमा दुई वर्षको सेवायात्राका उपलब्धिहरू प्रस्तुत गर्दै सहज पहुँचयोग्य तथा बिरामी–केन्द्रित फर्टिलिटी केयरप्रति केन्द्रित आफ्नो दृष्टिकोणलाई उजागर गरेको थियो।
इन्दिरा आइभीएफ केन्द्रकी प्रमुख डा. नेहा हुमागाईंका अनुसार केन्द्रले विज्ञान–आधारित उपचार पद्धतिमार्फत दम्पतीहरूलाई गुणस्तरीय फर्टिलिटी सेवा प्रदान गर्दै आएको छ। उहाँले दुई वर्षको अवधिमा धेरै परिवारको अभिभावक बन्ने सपना पूरा गर्न केन्द्र सफल भएको बताउनुभयो।
दोस्रो स्थापना दिवसको अवसरमा इन्दिरा आइभीएफ नेपालले प्रत्येक जोडीसँग विज्ञानमा आधारित फर्टिलिटी केयरसहित उभिने तथा काठमाडौंसहित देशका अन्य भागहरूमा पनि फर्टिलिटीसम्बन्धी सचेतना अभियानलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया