171
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका एफसी चितवनका अध्यक्ष सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
समानुपातिक बन्दसूचीमा आफ्नो नाम समावेश भएपछि चर्को विरोध उत्पन्न भएको भन्दै ढकालले संविधानको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारण देखाएर शनिबार उम्मेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता लिँदै ढकालले युवाको सामूहिक नेतृत्व, सुशासन र समुन्नत नेपालको अभियानप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले आगामी दिनमा पनि राष्ट्र र समाजको हितका लागि सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया