काठमाडाैं । सशस्त्र प्रहरी बलको गोली लागेर अटो रिक्सा चालक विजय साह (४५) को मृत्यु भएपछि सुनसरीको लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।
कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार केही सेल अश्रु ग्यास प्रहार गरी अवस्था नियन्त्रणमा ल्याइएको छ। “अहिले स्थिति क्रमशः सामान्य बन्दै गएको छ,” उनले जानकारी दिए।
घटना बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा भएको हो। प्रहरी टोलीले तस्करी नियन्त्रणका लागि गरेको कारबाहीको क्रममा साहको मृत्यु भएको हो। उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री ल्याउँदै आएका थिए। घर नजिकै साहमाथि गोली प्रहार भएको र उनलाई दुई राउण्ड गोली लागेको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया