प्रधानमन्त्री कार्की र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंबीच भेट

184 Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई आफ्ना मुद्दा निर्वाचनमार्फत अनुमोदन गराउन आग्रह गर्नुभएको छ।

मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले मुलुक निर्वाचनको माहोलमा प्रवेश गरिसकेको उल्लेख गर्दै सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित रहेको बताउनुभयो।

उहाँले असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट व्यक्त गर्न सुझाव दिँदै शान्ति र स्थिरता कायम राख्न आग्रह गर्नुभयो।

भेटका अवसरमा प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईंलाई गौतम बुद्धको चित्र उपहार प्रदान गर्नुभएको थियो।