कांग्रेसले बुझायो समानुपातिक उम्मेदवार सूची, नयाँ अनुहारलाई प्राथमिकता

191 Shares

काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । मंगलबार कांग्रेसले ११० जना उम्मेदवारको सूची पेश गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित पार्टी नेताहरूले आज बिहान साढे ११ बजे आयोगमा उम्मेदवार सूची बुझाएका थिए। कांग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिँदै २०६४ देखि २०७९ सम्म समानुपातिक अवसर पाएका व्यक्तिहरूलाई सूचीमा नराख्ने निर्णय गरेको छ।

पदाधिकारीमध्ये १४ जना मध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्र सूचीमा छन्।

पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि नुवाकोटबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएका छन्। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार, ३५ वर्षमुनिका १५ जना युवा उम्मेदवार तथा नेविसंघ र तरुण दलमा काम गरेका नयाँ अनुहारहरूलाई प्राथमिकता दिइएको छ।