195
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको छ।
स्रोतका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने विषयमा उनीहरूबीच सहमति जुटेको हो। यसअघि पटक–पटक संवाद भए पनि सहमति हुन नसकेको अवस्थामा लामो छलफलपछि सोमबार साँझ अन्ततः सहमति भएको स्रोतले जनाएको छ।
यसअघि रास्वपा र मेयर बालेनबीच पार्टी सभापति रवि लामिछाने रहने र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सार्ने विषयमा सहमति भइसकेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया