काठमाडौँ । अगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमवार साँझसम्म जम्मा १० वटा पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमवार साँझसम्म १० वटा दलहरूले बन्दसूचि बुझाएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले सोमवार दिउँसो ४ बजेसम्म सूचि बुझाउन भनेको भएपनि ठुला दलहरूले अहिलेसम्म उम्मेदवार सूची बुझाएका छन् ।
प्रवक्ता भट्टराईले निस्सा लिएर गएका पार्टीहरूले आज सोमवार राति वा मङ्गलवार बिहानसम्म पनि आफ्नो समानुपातिक बन्दसूची बुझाउन पाइने बताए । उनले आयोग राति अबेरसम्म भएर समेत सेवा जारी राख्ने बताए ।
उनले भने ‘प्रतिदल ५० हजार रुपैयाँ धरोटै बुझाउनुपर्ने हुन्छ । अहिलेसम्म धरौटी बुझाउने दलहरूको संख्या ५५ पुगेको छ । सोहीअनुसार थप हुने क्रम जारी छ । निस्सा रुजु गरेर बन्दसूचीमा जाने भएको कारण सूची बुझाउने दलहरूको संख्या कम नै छ । १० वटा दलले सूची बुझाएका छन् यो बढ्दै जाने छ । यता धरौटी बुझाइसकेको र निस्सा लिने कार्य भएको कारण यो संख्या बढ्दै जानेछ ।’
उनले दलहरूले निस्सा लिने कार्य जारी रहेकोले सूची बुझाउने दलहरूको संख्या बढ्दै जाने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया