रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति

209 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकताको सहमति जुटेको छ।

दुई पार्टीबीच सोमबार साँझ सहमतिपत्रको मस्यौदा तयार पार्ने काम भइरहेको स्रोतले जनाएको छ। कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा भएको वार्तामा सहमति भएको हो।

वार्तामा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ सहभागी भएका थिए।