228
Shares
काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई आगामी निर्वाचनमा जहाँबाट उम्मेदवारी दिए पनि पराजित गर्ने चुनौती दिनुभएको छ।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले यस्तो चुनौती दिनुभएको हो। मेयर बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया