रास्वपाको समानुपातिक बन्दसूची टुंग्याउन बैठक जारी, बालेन अनुपस्थित

187 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक जारी रहेको छ।

उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक चलिरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। बैठकमा पार्टी सभापति रवि लामिछानेपछिको वरीयता पाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भने सहभागी हुनु भएको छैन।

मेयर बालेनको सचिवालयका अनुसार उहाँ आफ्नो पक्षबाट समानुपातिक सूचीमा समावेश गरिने नेताहरूको छुट्टै सूची तयार गरिरहनुभएको छ। रास्वपा नेतृत्व र मेयर बालेन समूहबीच समन्वय गरेर अन्ततः समानुपातिक उम्मेदवारहरूको छनोट गरिने जनाइएको छ।