145
Shares
काठमाडाैं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ।
पार्टीका सह–अध्यक्ष रेणु यादवसहितका नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा फर्किएका छन्। पार्टी एकता सहमति पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाकी सह–अध्यक्ष रेणु यादवले हस्ताक्षर गरेका छन्।
यसैबीच जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफू उक्त एकतामा सहभागी नभएको स्पष्ट गर्नुभएको छ।
यसअघि आइतबार जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बीच पार्टी एकताको सहमति भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया