183
Shares
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठक जारी रहेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिने तयारी भइरहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा १६ वटा कम्युनिस्ट पार्टीका प्रमुख नेताहरू सहभागी छन्।
बैठकको निर्णयसहित उम्मेदवारको बन्दसूची लिएर नेता पाण्डेलगायत नेताहरू निर्वाचन आयोगको कार्यालय जाने कार्यक्रम रहेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया