194
Shares
काठमाडौं। नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी सचिव महेश बस्नेतले सो जानकारी दिनुभएको हो।
सचिव बस्नेतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गर्नुभएका सबै नामहरूमाथि आएका सुझावहरू समेटेर अन्तिम रूप दिइनेछ। त्यसपछि अध्यक्ष ओलीले नै सूची टुंग्याएर सोमबार निर्वाचन आयोगमा पेश गर्ने निर्णय भएको उहाँले बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया