कांग्रेसद्वारा समानुपातिक उम्मेदवार सूची भोलि निर्वाचन आयोगमा पेश गर्ने तयारी

194 Shares

काठमाडाैं। नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवार सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ।

आइतबार सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको बैठकमा सातै प्रदेशका केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार छलफलको निष्कर्षका आधारमा सूची तयार गरी सोमबारसम्म निर्वाचन आयोगमा बुझाइनेछ।

समानुपातिक प्रणालीबाट ११० जना सांसद चयन हुने भएकाले सूची तयार पार्ने काम पार्टीका लागि महत्वपूर्ण भएको प्रवक्ता महतले बताउनुभयो।

यही अवसरमा प्रवक्ता महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा रास्वपामा प्रवेश गर्नुभएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह दाग नलागेका व्यक्ति नभएको टिप्पणी गर्नुभयो।