प्रलोपा र उनेपाबीच ६ बुँदे सहमति, सहकार्यमा जुट्ने समझदारी

184 Shares

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच चुनावी सहकार्य हुने भएको छ।

दुई पार्टीबीच आइतबार साँझ ६ बजे ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपाले जनाएको छ। सो सहमतिअनुसार आगामी निर्वाचनमा दुवै पार्टीबीच तालमेल र सहकार्य हुने जनाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सहमति हुन नसकेपछि कुलमान घिसिङले प्रलोपासँग सहकार्य गर्ने निर्णय गरेको बताइएको छ।

प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा पूर्वऊर्जामन्त्री जनार्दन शर्मा रहेका छन्। जनार्दन शर्मा ऊर्जा मन्त्री रहेका बेला नै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।