कति छ काठमाडौंको न्यूनतम तापक्रम ?

198 Shares

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो (मंगलबार) को जत्तिकै देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो ।

हिजो पनि यो समय उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै देखिएको थियो । यद्यपि पछि बिहान ८ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियसमा झरेको थियो ।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८ः४५ बजे नै आउँछ । त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हुन्छ ।