काठमाडौं । बुहारीलाई पेट्रोल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा दुई जना अभियुक्तविरुद्ध सिन्धुली प्रहरीले मुद्दा दायर गरेको छ।
कमलामाई नगरपालिका–६, धुराबजारकी ३२ वर्षीया शुसिला थिङ लाई पेट्रोल र मट्टितेल छर्केर आगो लगाई हत्या गरेको अभियोगमा उनका सासु र नन्दलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार तीन सन्तानकी आमा शुसिला थिङ माथि उनकी सासु र नन्दले पेट्रोल छर्केर आगो लगाएको तथ्य अनुसन्धानबाट खुलेको हो। लामो समयदेखि निरन्तर मानसिक तथा घरेलु हिंसाको सिकार बन्दै आएकी शुसिलाको सोही कारण ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले शुसिलाका ६० वर्षीया सासु मायाँरानी बम्जन र ३५ वर्षीया नन्द मिना बम्जन लाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया