प्रतिकूल मौसमका कारण तीन आन्तरिक विमानस्थल बन्द

173 Shares

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकका तीनवटा आन्तरिक विमानस्थलमा हाल उडान तथा अवतरण ठप्प भएको छ।

काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भैरहवा, जनकपुर र सिमरा विमानस्थलमा मौसम प्रतिकूल भएकाले उडान–अवतरण रोकिएको हो। तर, धनगढी विमानस्थल भने केही समयअघि पुनः सञ्चालनमा आएको उनले जानकारी दिए।

प्रवक्ता शेर्पाका अनुसार बाँकी अन्य आन्तरिक विमानस्थलहरूमा भने नियमित उडान जारी छन्। तराई क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने भएकाले अधिकांश विमानस्थल बन्द रहने र दिउँसोपछि मौसममा सुधार आएसँगै क्रमशः सञ्चालनमा आउने गरेको उनले बताए।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं) मा भने उडान–अवतरण नियमित रूपमा सञ्चालन भइरहेको छ।