मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

165 Shares

काठमाडौँ ।मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख पदमा दुई जना उम्मेदवार मैदानमा उत्रिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेका प्रदेशसभा सदस्य त्रिलोकी प्रसादले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।

त्यसैगरी, त्रिलोकी प्रसादको उम्मेदवारीमा जयचन्द्रप्रसाद पटेल समर्थक तथा शारदा देवी थापा प्रस्तावकको भूमिकामा रहेकी छन्।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय गरिएको छ।