रास्वपाका सभापति लामिछाने काठमाडौं विमानस्थलमा आइपुगे

220 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुग्नुभएको छ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका हुन्। काठमाडौं आगमनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड उपस्थित थियो।

विमानस्थलबाट बाहिरिँदा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए। लामिछाने रिहा भएपछि पार्टीभित्र कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ। उक्त अवसरमा सम्भावित अव्यवस्थालाई ध्यानमा राख्दै विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।