काठमाडौं आइपुगे रवि, जेनजी घाइते र शहिद परिवार भेट्ने

179 Shares

काठमाडौं । कारागारबाट हिजोमात्रै रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन्।

चितवनमा आयोजित सभालाई सम्बोधन गरेपछि लामिछाने केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। रास्वपाका अनुसार उहाँले आजै जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारलाई भेट्ने कार्यक्रम तय गरिएको छ।

पार्टीका निकट नेताहरूका अनुसार लामिछाने विमानस्थलबाट सिधै जेनजी घाइतेहरूलाई भेट्न जानेछन्। साथै आजै पार्टी केन्द्रीय कार्यालयमा सभापति लामिछानेको स्वागत कार्यक्रम पनि आयोजना हुने बताइएको छ।