214
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन अझै बाँकी रहेको बताएका छन्।
जिल्ला अदालत रुपन्देहीमा शुक्रबार साँझ ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा भएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले अहिले आफ्नो बोल्ने समय नआएको भन्दै अन्यायको हिसाब मिलिसकेपछि धेरै कुरा खुलस्त रूपमा बोल्ने बताए।
लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतले गत साउन २६ गते दिएको आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया