युक्रेनका लागि दुई वर्षसम्म वार्षिक ४ सय मिलियन डलरका दरले कूल ८ सय मिलियन डलर हतियार उत्पादनमा खर्च गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, युरोप र दक्षिण कोरियामा रहेका अमेरिकी सैनिक संख्या घटाउँदा सहयोगी राष्ट्रहरूसँग अनिवार्य परामर्श गर्नुपर्ने व्यवस्था पनि राखिएको छ।
यसका अतिरिक्त, विधेयकले जहाज निर्माणका लागि २६ अर्ब डलर, विमान खरिदका लागि ३८ अर्ब डलर र गोला–बारुद उत्पादन विस्तारका लागि २५ अर्ब डलर बजेट छुट्याएको छ।
विधेयकमा पेन्टागनअन्तर्गत रहेका विविधता, समानता र समावेशिता (डीईआई) कार्यालयहरू खारेज गर्ने, जलवायु सम्बन्धी खर्चमा १ दशमलव ६ अर्ब डलर कटौती गर्ने, १९९१ देखि २००२ सम्मका इराक युद्ध प्राधिकरणहरू खारेज गर्ने तथा सिरियामाथि लागू अमेरिकी प्रतिबन्धहरू स्थायी रूपमा हटाउने प्रावधान पनि समावेश गरिएको छ।
राष्ट्रपति ट्रम्पले आगामी दिनमा उक्त विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया