प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द

166 Shares

काठमाडौँ । प्रतिकूल मौसमका कारण शुक्रबार देशका आधा दर्जनभन्दा बढी विमानस्थलमा उडान अवतरण प्रभावित भएका छन् ।

तराई क्षेत्रमा बाक्लो हुस्सु लागेपछि भिजिबिलिटी नपुग्दा जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा बुद्ध एयरका नियमित उडान हुन सकेनन् । दिउँसोसम्म पनि मौसम नखुलेका कारण ती विमानस्थलहरूमा उडान स्थगित रह्यो ।

यसैबीच, प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवामा जहाज उड्न नसकेपछि वैकल्पिक रूपमा चितवनको भरतपुर विमानस्थलतर्फ उडान गराइएको छ ।

मौसम खराबीका कारण उडान तथा अवतरण प्रभावित हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । मौसममा सुधार नआएसम्म उडान पुनः सञ्चालन गर्न कठिन हुने विमान कम्पनीहरूले जनाएका छन् ।