तोलामा २ हजार घट्यो सुन

203 Shares

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ। शुक्रबार चाँदी तोलामा ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।