झुटो विवरण पेश गरी नागरिकता–राहदानी बनाएको आरोपमा ३ जना पक्राउ

197 Shares

काठमाडौं । प्रहरीले झुटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकवल गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूमाथि नागरिकता सम्बन्धी कसुर, लिखत कीर्ते तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।