बिहीबारको विशेष व्रत: गुरु वृहस्पति र भगवान विष्णुको पूजा गरी धन, पुत्र र विद्या प्राप्ति

199 Shares

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। धार्मिक विश्वास अनुसार आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ।

पहेँलो रंगको कपडा लगाउने र पहेँलै वस्तुको दान गर्ने चलन छ। यस दिन भगवान विष्णुका साथसाथै लक्ष्मी देवीको पनि पूजा गरिन्छ। व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ र अनुराधा नक्षत्र परेको दिन विशेष शुभ मानिन्छ।

पूजा विधि:

बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने।

पहेँलो फूल र चन्दन मिसाएर प्रसाद तयार गर्ने।

‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जप गर्ने।

व्रतका दिन केराको रुखलाई पूजा गर्ने चलन रहेको छ।

दानका लागि पहेँलो चन्दन, चना, छाता र लड्डु आदिको प्रयोग लाभदायी मानिन्छ।

पौराणिक कथा:
एक प्रतापी राजा थिए, जसले प्रत्येक बिहीबार व्रत बस्ने गर्थे। तर रानीले धर्म कार्यमा सहयोग नगरेको कारण दरबारको वैभव नष्ट भयो। गुरु वृहस्पतिले साधुको रूप लिएर रानीलाई सिकाएका थिए कि व्रत र पुण्यकर्मले मात्र सम्पत्ति कायम रहन्छ। रानी र उनका दासीहरुले बिहीबार व्रत सुरु गरेपछि फेरि दरबारमा वैभव र सुख–शान्ति फर्कियो।

यसरी, बिहीबार व्रत बस्दा घरमा सम्पत्ति, धन, पुत्र र वैभव प्राप्त हुने मान्यता रहेको छ।