जेन–जी आन्दोलन छानबिन अधुरो, म्याद एक महिना थप्न माग

208 Shares

 

 काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको छ।

छानबिन प्रक्रिया अझ गहिरो बनाउनुपर्ने भएकाले समय थप आवश्यक परेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताउनुभएको हो। उहाँका अनुसार आवश्यक प्रमाण संकलन तथा सम्बन्धित व्यक्तिहरूको बयान लिन समय लाग्ने देखिएकाले प्रधानमन्त्री कार्कीसँग औपचारिक छलफलमार्फत म्याद थपको प्रस्ताव गरिएको हो।

अध्यक्ष कार्कीले आगामी हप्ता विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको जानकारी दिनुभयो। घटनासँग सम्बन्धित सबै पक्षको धारणा सुनेर निष्पक्ष निष्कर्षमा पुग्ने आयोगको लक्ष्य रहेको उहाँको भनाइ छ।

आयोगले तोकिएको समयसीमाभित्र अधिकतम तथ्य संकलन गरिसकेको भए पनि थप अनुसन्धानका लागि म्याद बढाउनुपर्ने निष्कर्षमा पुगेको जनाएको छ।