गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली

227 Shares

काठमाण्डौ । आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ । देशका अरू बाँकी भागमा मुख्यतया मौसम सफा छ । अहिले नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने अनुमान छ । आजराति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५।४ डिग्री सेल्सियस मापन भएको छ ।