एमालेको निर्वाचन तालिका सार्वजनिक, मतदान पुस १ मा

206 Shares

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको हो । 
 
आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा।विजय सुब्बाले बताए ।
सोमबार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । सोमबार नै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । यस्तै सोमबार बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने अध्यक्ष सुब्बाले बताए ।

पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।


एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आजबिहानदेखि नै बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।  

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा भिड्ने भएका छन् ।karyatalika_2bLT8BeTeR (1).jpg