काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गरेकी छन् । आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गरेकी हुन् । गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उनले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताएकी छन् । उनले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्नुहुँदै नेपालमा एउटा कोठा मात्रै भएपनि सुरक्षित राख्न आग्रह गरेकी छन् । उनले गैरआवासीय नेपाली संघको एकताले नेपालमा रहेका राजनितिक दलहरुलाई एकता गर्नुपर्ने सन्देश दिएको समेत उल्लेख गरेकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया