बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

194 Shares

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुशार सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको हो  । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रकोनिधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् । एउटा विशाल मेगास्टार,मुख्यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमासधैं चम्किरहनुहुनेछ।’ यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायतका आर्यघाट पुगेका छन् । यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।