महाधिवेशनको विषयमा सहमति जुटाउन काँग्रेस नेताहरु छलफलमा

338 Shares

काठमाडौं । पार्टीभित्र महाधिवेशन विषयमा सहमति जुट्न नसकेपछि नेपाली काँग्रेसका पदाधिकारीसहितका शिर्ष नेताहरुले छलफल शुरु गरेका छन् । 
सोमवार ललितपुरपस्थत एक होटलमा पदाधिकारीहरुसहितका शिर्षस्थ नेताहरुले छलफल गरेका हुन् । छलफलमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु आनन्द ढुंगाना, डा शशांक कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको छ । लामो समयदेखि जारी पार्टी केन्द्रिय समितिको बैठकले महाधिवेशनको कार्यकालिताको विषयमा सहमति जुटाउन सकेको छैन । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र दुई धार देखिएका छन् । संस्थापन पक्षले आम निर्वाचनपछि, आगामी वैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने अडान लिएको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् । यही मतभेदका कारण जारी काँग्रेस केन्द्रिय समितिको बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको छ ।