नेपालको सबै भूभागबाट यस वर्षको मनसुन बाहिरियो

337 Shares

काठमाडौं । नेपालको सबै भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिएको हो ।

विभागका अनुसार २० असोजका दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यस वर्षको मनसुन बहिर्गमनको सुरुवात भएको थियो ।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति २ अक्टोबर भएता पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको विभागले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिएको भए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने रहन सक्ने विभागले जनाएको छ ।