काठमाण्डौ । अविरल वर्षासँगै काठमाडौँको विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन् । विशेषगरी बागमती खोला किनारमा रहेका सुकुम्वासी बस्तीहरूमा पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन् ।
डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरी ती बस्तीहरू खाली गराउने कार्य सुरु गरिएको छ।
सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा पुगेर अवस्था बुझिरहेका छन् भने आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सामान सार्न सहयोग गर्ने काम भइरहेको छ।
लगातारको वर्षाले खोला–नदीको जल सतह बढ्दै गएको र बागमती, मनोहरा र विष्णुमती आसपासका तटीय बस्तीहरूमा विशेष जोखिम देखिएको अधिकारीहरूले बताएका छन्।
सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा रहन र स्थानीयवासीलाई सम्भावित जोखिम क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया