नामिबिया र जिम्बाबे टी–ट्वान्टी विश्वकप २०२६ का लागि छनौट

232 Shares

काठमाण्डौ । नामिबिया र जिम्बाबे टी–ट्वान्टी विश्वकप २०२६ का लागि छनौट भएका छन् । 

अफ्रिकन क्वालिफायरको सेमिफाइनलमा नामिबियाले तान्जानियालाई र जिम्बाबेले केन्यालाई हराउँदै नामिबिया र जिम्बाबे टी–ट्वान्टी विश्वकप २०२६ मा स्थान बनाएका हुन् ।

नामिबिया लगातार चौथोपटक बिश्वकप खेल्दैछ भने जिम्बाबे चार वर्षपछि बिश्वकपमा फर्किएको हो ।

टी–ट्वान्टी विश्वकप आउँदो वर्ष फेब्रुअरी र मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुनेछ ।

टी–ट्वान्टी बिश्वकपमा २० टोली रहनेछन् । आयोजक भारत र श्रीलंका सहित आठ टोलीले सिधै प्रवेश पाएका छन् ।

इटाली, नेदरल्याड्स र क्यानडाले क्वालिफायरबाटै प्रवेश पाएका छन् ।

अब एसिया र पूर्वी एसिया प्रशान्त क्वालिफायरबाट बाँकी तीन टोली छनौट हुनेछन् ।