काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ ।
भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो ।
यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले बताए ।
समाजवादी व्यवस्था ल्याउनका लागि माओवादी घटकसँग एकता र विचार मिल्ने कम्युनिस्ट पार्टीसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण के–के गर्नुपर्ने हो गर्ने बुढाथोकीले बताए । भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया