काठमाण्डौ । वर्षाका कारण विभिन्न ठाउँका सडकहरू अवरुद्ध भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–५ तुईनखोलामा गत शुक्रवारदेखि पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पनि पूर्णरूपमा बन्द भएको छ ।
वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत पर्ने सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ बरुण मा जेठ ६ गतेदेखि अवरुद्ध सडक अझै खुलेको छैन भने र सङ्खुवासभाकै मकालु गाउँपालिका–३ एकुवामा गएको भदौ १५ गतेदेखि सडक पूर्णरूपमा अवरुद्ध छ ।
यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ दोलालघाटमा भदौ ९ गतेको पहिराले अरनिको राजमार्ग अन्तर्गत दोलालघाट खण्ड पूर्णरूपमा अवरुद्ध छ ।
आइतबार बिहानदेखि म्याग्दीकोे बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरोले बेनी–दरबाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
जाजरकोटको नलगाड नगरपालिका ११ भिरकुनामा पनि पहिरोले बिहानैदेखि जाजरकोट–डोल्पा सडक पूर्णरूपमा अवरुद्ध छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया