लोकतन्त्र र संविधानको रक्षाका लागि बुटवलमा प्रदर्शन

336 Shares

लोकतन्त्र र संविधानको रक्षाका लागि प्रदर्शन गरिएको छ । शुक्रवार बिहान बुटवलको राजमार्ग चौराहादेखि ट्राफक चोकसम्म शान्ती ¥यााली आयोजना गरिएको हो ।

सेभ द नेशन, सेभ द कन्स्टिट्युशन भन्ने नारासहित प्रदर्शन भएको हो । संविधानको रक्षा हुनुपर्ने मागसहित काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहीवारदेखि प्रदर्शन शुरु हुन थालेको छ ।

जेन जी पुस्ताको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबाट मुलुक बाहिर निस्किन नपाउँदै पुनः आन्दोलनको भुमरिमा देश जान थालेको छ । अन्तरिम सरकार अझै गठन हुन सकेको छैन । यसले आम नागरिकमा अब के हुने हो भन्ने त्रास पैदा भएको छ ।