काठमाडौं । अनेरास्ववियु मोरङमा २ जना संयोजक तोकिदिएको छ ।
विवादका कारण संस्थापन पक्ष र संस्थापन इतरका छुट्टा छुट्टै जिल्ला संयोजक तोकिएपछि विवाद उत्पन्न भएपछि २ जना संयोजक तोकिदिएको हो ।
शनिवार विराटनगरस्थित एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियु जिल्ला कमिटीको बैठकमा कसलाई संयोजक बनाउने भन्ने विषयमा विवाद भएको थियो ।
विवाद पछि बैठक निष्कर्षमा पुग्न सकेन बैठक निष्कर्षमा पुग्न नसकेपछि संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरेको छ ।
यस्तै संस्थापन इतर समूहले संगम कन्दङ्वालाई संयोजक चयन गरेको छ।
बैठक अनेरास्ववियु केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज प्रीति दाहालको प्रमुख आतिथ्य र जिल्ला संयोजक वीरेन्द्र घिमिरेको अध्यक्षतामा बसेको थियो ।
बैठकमा संयोजक वीरेन्द्रलाई ३२ वर्ष नपुगेको प्रमाण ल्याउन माग गरेका थिए ।
सोही विषयमा विवाद भएपछि संयोजक घिमिरे बैठक छाडेर हिँडेको विद्यार्थी इन्चार्ज जोसेप घिमिरेले जानकारी दिएका छन् ।
वीरेन्द्र बाहिरिएपछि बैठकले उपाध्यक्ष समेत रहेका कन्दङ्वालाई संयोजक बनाउने निर्णय गरेको थियो । वीरेन्द्रले भने मङ्गलवार प्रमाण पेस गर्ने भनेर बैठक सकिएपछि सो समूहले उपाध्यक्षलाई संयोजक तोकेको बताए ।
आफूसँग सल्लाह नै नगरी अवैधानिक तवरले संयोजक तोकेपछि आफूले पनि एलिस ओझालाई संयोजक घोषणा गरेको जानकारी गराएका छन् ।
यसअघि गत माघमा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्का रहँदा पनि अनेरास्ववियु केन्द्रीय कमिटीले तत्कालीन सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो।
एमाले मोरङका उपाध्यक्ष सागर थापाले कमिटीले घोषणा गरेका व्यक्ती नै आधिकारिक भएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया