दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने

उत्पादनका आधारमा किसानलाई प्रति लिटर ५ अनुदान उपलब्ध गराउने

347 Shares

काठमाडौं । गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । 

भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले  गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाले जानकारी दिनुइको छ । 

उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि दूधमा अनुदान उपलब्ध गराउन रु १५ लाख बजेट विनियोजन गरेको छ ।  

कार्यक्रमले किसानलाई पशुपालनतर्फ आर्कषित गर्न मद्दत पुग्ने उहाँको भनाइ छ । 

सहकारीमार्फत सङ्कलन र बिक्रीको व्यवस्था गर्दा साना किसानले पनि घरघरमा उत्पादित दूध बजारसम्म पु¥याउन सक्ने र अनुदान कार्यक्रमबाट लाभ लिनसक्ने उहाँले बताउनुभयो । 

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँँपालिकामा दूध उत्पादन राम्रो हुने गरेको पाइन्छ । केन्द्रले पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रम अन्तर्गत यसवर्ष जिल्लामा तीन लाख लिटर दूधलाई अनुदान दिन सकिने केन्द्रले जनाएको छ । 

त्यस्तै सूचीकृत भएका सहकारी संस्थाले न्यूनतम दुई सय लिटर दूध सङ्कलन तथा बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ ।