काठमाडौं । २०८२ साल श्रावण २६ गते सोमबार तदनुसार ११ अगस्ट २०२५ द्वितीया तिथी । १४ घडी ३५ पला उप्रान्त तृतीया तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र २३ घडी ५१ पला उप्रान्त पूर्वभाद्र नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग बब करण आज बिहान सूर्योदय ५:३३ मा भयो भने सूर्यास्त साँझ ६:४५ मा हुनेछ। आज सोमबार चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि
पराक्रम बढेर जानेछ । मानसम्मानमा वृद्धि भएर जानेछ । आफन्तको सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।
वृष राशि
अनावश्यकरूपमा वादविवादको सिर्जना हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ ।परिवारमा असामान्जस्य अपव्यको सृजना हुनेछ। कुरा काट्नेहरु सक्रिय रहनेछन्।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बाणीमा आएको मिठासले सबैको प्यारो बनिनेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। मिष्ठान भोजनको अवसर जुट्नेछ।
कर्कट राशि
काममा सफलता पाइने योग छ । न्यायिक कार्यमा तपाईंको जित हुनेछ। शत्रुपक्षबाट तपाईंकै प्रशंसा गर्न थाल्नेछन्। आध्यात्मिक क्षेत्रमा समय व्यतीत हुनुका साथै सामाजिक उत्तरदायित्व बढेर जानेछ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्नेछ। पतिपत्नीबीच सानो कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
कन्या राशि
न्यायिक कार्यमा बाधा हुनेछ । सवारी साधनबाट जोगिनु पर्नेछ। लेखन शैलीमा कमी आउनुका साथै मुद्दा मामिलामा फसिने योग छ । साथीभाइबाट अपहेलित हुनुपर्दा मनमा चिन्ता बढेर जानेछ।
तुला राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । धातुसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानाले मनमा खुसी छाउने छ।
वृश्चिक राशि
माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लेखन शैलीमा तीव्रता हुनेछ । बौद्धिक कार्यमा समय व्यतीत हुने देखिन्छ । काममा भएको सफलताले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ।
धनु राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ। आँखासम्बन्धी समस्याले सताउने देखिन्छ।
मकर राशि
वैदेशिक कार्यमा बाधा हुनेछ । सञ्चित धनको नाश हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने छ । झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
कुम्भ राशि
आफन्तमा वादविवादको सामना गर्नुपर्नेछ । दौडधुपमा समय व्यतीत हुनेछ। खर्चको मात्रा बढेर जानेछ। पारिवारिक कलह बढेर जानाले मानसिक तनाव बढेर जानुका साथै लेखनशैलीमा समेत कमी आउनेछ ।
मीन राशि
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । व्यवसायमा प्राप्त सफलताले सबैको विश्वास जित्न सकिनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनुका साथै मानसम्मान पाइने योग छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया