काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच सार्वजनिकरूपमै आरोपप्रत्यारोप चलिरहेको छ।
शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले खनाललाई 'एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ' भन्ने टिप्पणी गरेपछि खनालले साँझ नेपाललाई 'आफ्नो अनुहार ऐनामा हेर्न' र आफैँ एमाले फर्किनेबारे सोच्न व्यंग्यात्मक आग्रह गर्नुभएको छ। सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्ष बितिसक्दा पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको र अध्यक्ष नेपाल आफैँले 'जनताको बहुदलीय जनवाद' (जबज) लाई त्याग्न नसकेको आरोप लगाउनुभयो ।
'जबज' को मुख्य केन्द्र नेकपा (एमाले) नै भएकाले, जबज छोड्न नसक्ने अध्यक्ष नेपाल स्वयं एमालेमा फर्कनु तर्कसंगत हुने झलनाथ खनालले बताउनुभयो। केही समयअघि अध्यक्ष नेपालले पार्टी विद्रोहको औचित्यमाथि प्रश्न उठाएको भन्दै खनालप्रति कडा टिप्पणी गरेका गर्नुभएको थियो।
सम्मानित नेता खनालले विवादलाई सञ्चार माध्यममा ल्याउनुको सट्टा, १० देखि १५ दिन लामो केन्द्रीय कमिटीको बैठक बोलाएर वैचारिक विषयहरूमा गम्भीर छलफल गर्न सुझाव दिनुभएको छ। नेता खनालले 'जबज' र 'वैज्ञानिक समाजवाद' जस्ता विषयमा पार्टीभित्र स्पष्टता आवश्यक रहेको र यस्तो छलफलले नै कार्यकर्तालाई प्रशिक्षित गर्ने बताउनु भयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया