काठमाडौँ । २०८२ साल श्रावण २४ गते शनिबार तदनुसार ९ अगस्ट २०२५ । पूर्णिमा तिथी १९ घडी ५० पला उप्रान्त प्रतिपदा तिथी प्रारम्भ हुनेछ । श्रवण नक्षत्र २५ घडी १ पला उप्रान्त धनिश्ठा नक्षत्र प्रारम्भ हुनेछ । आयुष्मान योग बायब करण आज बिहान सूर्योदय ५:३२ मा भयो भने सूर्यास्त साँझ ६:४५ मा हुनेछ। आज शनिबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
बोलीको प्रभाव बढेर जानेछ । आफन्तको माया ममता पाइने योग छ । प्रेमी-प्रेमिकाबीच माधुर्यता छाउने छ। मातृभाषा पाइने योग छ । पारिवारिक सरसहयोग पाइने योग छ।
वृष राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सन्तानमा कष्टता प्राप्त हुनेछ । स्वास्थ्यमा उतारचढाव आउनुका साथै अनावश्यक वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने योग छ। अनावश्यकरुपमा चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।
कर्कट राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिने योग छ।
सिंह राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । गरिरहेको काममा बाधा आउने छ । आयमा कमी विद्यामा बाधा हुनाले मानसिक तनाव बढेर जाने देखिन्छ। सजग रहनुहोला।
कन्या राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्नेछ । पठनपाठनमा बाधा हुनेछ । कृषि कार्यमा ह्रास आउनुका साथै आकस्मिकरुपमा खर्च बढ्नेछ।
तुला राशि
आयार्जनमा वृद्धि भएर जानेछ । बोलीमा आएको परिवर्तनले सबैको विश्वास जित्न सकिनेछ । लेखन शैलीमा तीव्रता आउनुका साथै आफन्तको सहयोग पाइने योग छ।
वृश्चिक राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । काममा आलस्यता बढेर जानेछ। लेखनशैलीमा कमी आउने देखिन्छ।
धनु राशि
मान सम्मान पाइने योग छ। पराक्रम बढेर जानेछ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ । भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
मकर राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। आफन्तमा कलह बढेर जानेछ। आर्थिक क्षेत्रमा कमी आउनेछ । मानसम्मानमा आघात पुग्नाले मनमा चिन्ता बढेर जानेछ।
कुम्भ राशि
काममा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ । साथीभाइको अपहेलित हुनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउने देखिन्छ । अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
मीन राशि
नयाँ कार्यको थालनी हुनेछ । माङ्गलिक कार्यमा सहभागी भइनेछ । साझेदारी कार्यबाट मनग्य लाभ लिन सकिनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया