विश्व विद्यालयहरुले १० वर्षदेखि लेखापरीक्षण गरेका छैनन्ः महालेखा परीक्षक राया

303 Shares

काठमाडाैँ । महालेखा परीक्षक तोयम रायाले विश्व विद्यालयहरुले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेको बताउनुभएको छ ।


शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरुको अडिटलाई प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँकाअनुसार लामोसमयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चार वटा बाहेक अहिले प्रायःको लेखा परीक्षण गरिएको बताउनु भयो । संघीय निकायहरुको बेरुजु बढ्नेक्रम जारी छ । यसलाई घटाउन प्रभावकारी कार्ययोजना बनाएर लाग्नुपर्ने आवश्यकता छ । रायाले १० वटा मन्त्रालयको ९१ प्रतिशत बेरुजु देखिनु राम्रो नभएको बताउँदै बेरुजुलाई शुन्यमा झर्ने गरी कामकारबही अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।  

महालेखा परीक्षक रायाले हरेक वर्षका महालेखाका प्रतिवेदनहरु लेखासमितिमा छलफल हुनुपर्ने बताउनु भयो । उहाँकाअनुसार एउटा वर्षको प्रतिवेदनमा छलफल गर्दा त्यही प्रकृतिको अरुअरु वर्षको प्रतिवेदनमा पनि केके थियो भन्ने छुटिरहेको छ । त्यसैले ती विषयमा गहन रुपमा छलफल गर्नुपर्छ । रायाले वार्षिक प्रतिवेदन बनाउँदै गर्दा सचिवहरुसँग राय सुझाव मागिने गरिएको भएपनि त्यसको रेस्पोन्स नआउने गरेको गुनासो गर्नुभयो । समिति बैठकमा रायाले मन्त्रालयहरुमा सरुवा भएर सचिवहरु जाँदा बेरुजुका बारेमा चासो देखाउनुपर्छ । सचिवहरुले डेटा मागेर बेरुजु फस्छ्यौटमा गम्भीतापूर्वक लाग्नुपर्ने रायाको भनाइ रहेको छ ।