काठमाडाैं । नेपाली काँग्रेस दोलखाका सभापति वर्मा लामाले नेपाल किसान महासंघ वागमती प्रदेशको अधिवेशन गर्दा दोलखा जिल्लालाई जानकारी नदिएको बताउनुभएको छ ।
काँग्रेसनिकट किसानको संगठन नेपाल किसान महासंघ वागमती प्रदेशको अधिवेशनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दोलखामा किसान महासंघको अधिवेशनमा प्रतिनिधि नै भएको बताउनुभयो । किसान महासंघको अधिवेशन गर्न जिल्लाले कहिले पनि असहयोग नगरेको उहाँको भनाइ छ । उहाँले नेतृत्वको नजिकको मान्छे चाहिएको भए त्यही अनुसारको अधिवेशन गरेर प्रतिनिधि पठाईदिन्थे भन्दै कटाक्ष गर्नुभयो ।
उहाँले के कारणले दोलखा जिल्लामा अधिवेशन नभएको हो भनेर वागमती प्रदेशको पार्टी नेतृत्वसँग पनि सोधीखोजी गरेको बताउनु भयो । यसमा सबैले अनविज्ञता प्रकट गरेको उहाँको भनाइ छ । नेपाल किसान महासंघ वागमती प्रदेशको महाधिवेशन सानेपामा बिहीबारदेखि शुरु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया